सरकारद्वारा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित

सरकारद्वारा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित : Icon Khabar

काठमाडौँ, असोज २ । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ‘ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

Published Date: 19 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु