जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा सुन्न प्रधानमन्त्री दाहालको निर्देशन

जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा सुन्न प्रधानमन्त्री दाहालको निर्देशन : Icon Khabar

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा/समस्या सुन्न नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्नसमेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन् । जनता समृद्धि चाहन्छन्। जनता सुशासन चाहन्छन् । अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ । माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ’, निर्देशन दिँदे उनले भनेका छन् – ‘तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ ।’

जनताका आसा, अपेक्षा र सुझावसमेत ग्रहण गर्न उनले निर्देशन दिए ।

दाहालको भनाइ छ – ‘अभियानले जन सम्बन्ध कमजोर हुँदै जाने परिस्थितिलाई चिर्ने छ । आजको युगको नेतृत्व गर्ने विचार निर्माणको आधार तयार पार्ने छ,’ उनले भने, ‘सरकारले सामाजिक न्यायको प्रत्याभूति, शुसासन र विकासलाई मुख्य प्राथमिकता दिएको छ । सरकारले इतिहासले नै सम्झिने गरी एकपछि अर्को काम गरिरहेको छ । सरकारले गरेका राम्रा काम जनतासम्म पुगेका छैनन् । यसले सरकार र जनताको सम्बन्ध बढाउने छ ।’

Published Date: 02 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु