जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा सुन्न प्रधानमन्त्री दाहालको निर्देशन

जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा सुन्न प्रधानमन्त्री दाहालको निर्देशन : Icon Khabar

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका घर-दैलोमा पुगेर उनीहरूका कुरा/समस्या सुन्न नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्नसमेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन् । जनता समृद्धि चाहन्छन्। जनता सुशासन चाहन्छन् । अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ । माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ’, निर्देशन दिँदे उनले भनेका छन् – ‘तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ ।’

जनताका आसा, अपेक्षा र सुझावसमेत ग्रहण गर्न उनले निर्देशन दिए ।

दाहालको भनाइ छ – ‘अभियानले जन सम्बन्ध कमजोर हुँदै जाने परिस्थितिलाई चिर्ने छ । आजको युगको नेतृत्व गर्ने विचार निर्माणको आधार तयार पार्ने छ,’ उनले भने, ‘सरकारले सामाजिक न्यायको प्रत्याभूति, शुसासन र विकासलाई मुख्य प्राथमिकता दिएको छ । सरकारले इतिहासले नै सम्झिने गरी एकपछि अर्को काम गरिरहेको छ । सरकारले गरेका राम्रा काम जनतासम्म पुगेका छैनन् । यसले सरकार र जनताको सम्बन्ध बढाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट