भारतीय राजदूत र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

भारतीय राजदूत र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, भदौ १६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेटवार्ता गरेका छन् ।

रास्वपाको पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोग र आपसी हितका विषयमा विचारविमर्श भएको पार्टी केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।

सो अवसरमा सभापति लामिछानेले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने र आपसी सरोकारका विषयलाई वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए । उनले भारतीय राजदूतलाई सुशासन, सामाजिक न्याय र आर्थिक विकास पार्टीको प्रमुख एजेन्डा रहेको बताए ।

Published Date: 02 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग