मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि : Icon Khabar

काठमाडौँ, भदौ १५ । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछिपार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्। मोनाकोमा भएको एक समारोहकाबीच उनले यस उपाधि हात पारेका हुन्।

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन् । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजन मै प्रिमियर लिग, एफ.ए. कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेवल जितेका थिए।

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाह एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इंगल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । फाइनलमा भने स्पेनसँग पराजित हुन पुगेको थियो ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी