भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित विद्युत, टेलिफोन, इन्टरनेट र केबुलका तारहरू व्यवस्थित गरिने

भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित विद्युत, टेलिफोन, इन्टरनेट र केबुलका तारहरू व्यवस्थित गरिने : Icon Khabar

भक्तपुर, भदौ ७ । भक्तपुर नगरपालिकाले २०८० सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने भएको छ।

यसै विषयमा बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक बसको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरुमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरु हटाउन यही २०८० साल भदौ १० गतेभित्र सबैले आआफ्नो तारहरु व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको थियो।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।

Published Date: 24 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न