भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित विद्युत, टेलिफोन, इन्टरनेट र केबुलका तारहरू व्यवस्थित गरिने

भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित विद्युत, टेलिफोन, इन्टरनेट र केबुलका तारहरू व्यवस्थित गरिने : Icon Khabar

भक्तपुर, भदौ ७ । भक्तपुर नगरपालिकाले २०८० सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने भएको छ।

यसै विषयमा बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक बसको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरुमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरु हटाउन यही २०८० साल भदौ १० गतेभित्र सबैले आआफ्नो तारहरु व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको थियो।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु