किपाःग्राफी भक्तपुरद्वारा १८४ औं विश्व फोटोग्राफी दिवस मनाईयो

किपाःग्राफी भक्तपुरद्वारा १८४ औं विश्व फोटोग्राफी दिवस मनाईयो : Icon Khabar

भक्तपुर, भदौ ३ । सम्पदा संरक्षणका लागी फोटोग्राफी भन्ने मूल नारा लिई भक्तपुर एवं नेपालका विविध संस्कृति तथा ऐतिहाँसिक सम्पदाहरु देश र विदेशमा समेत प्रचार प्रसार गर्दै आइरहेको किपाःग्राफी भक्तपुरले १८४ औं विश्व फोटोग्राफी दिवस भक्तपुरको ऐतिहाँसिक दरवार परिसरमा Street of Bhaktapur विषयमा Photo contest in Photowalk को आयोजना गरि मनाईयो । उक्त Photo contest in Photowalk का प्रमुख अतिथी वरिष्ठ फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपाली ज्यूले क्यामेराको वटन थिची शुभारम्भ गरेका थिए।

कार्यक्रमका संयोजक किरण धुकुछुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार बलराम प्रजापतिले विश्व फोटोग्राफी दिवसको शुभकामना दिदै किपाःग्राफी भक्तपुरका गतिविधि बारे चर्चा गरेका थिए। संस्थाका सचिव जयराम प्रजापतिले विश्व फोटोग्राफी विकासक्रम बारे जानकारी गराएका थिए ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पद्म सुन्दर शाक्यले फोटो प्रतियोगीतामा सहभागी फोटोग्राफरहरुलाई सफलताको शुभकामना दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।

Published Date: 20 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु