हाडा ब्रदर्शको प्रस्तुतिमा गायक लक्ष्मण पलिखेलको “दियौ माया” को म्युजिक भिडियो सार्वजनिक

हाडा ब्रदर्शको प्रस्तुतिमा गायक लक्ष्मण पलिखेलको “दियौ माया” को म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

भक्तपुर, भदौ ३ । शनिबार भक्तपुरमा लोकप्रिय गायक लक्ष्मण पलिखेलको “दियौ माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भक्तपुरको होटल भ्युमा आयोजित सो समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न सो सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ नृत्य निर्देशक श्री हरि श्रेष्ठ, वरिष्ठ भक्ति संगीत साधक एवं गायिका सानु बहिनि पलिखेल, हाडा ब्रदर्शका संरक्षक देवरत्न हाडा, टेलिफिल्म निर्देशक आर्यम नकर्मी लगायतका व्यक्तित्वले सो समारोहमा आतिथ्यता ग्रहण गरेका थिए।

हाडा ब्रदर्शको प्रस्तुतिमा सार्वजनिक भएको सो म्युजिक भिडियोमा गायक लक्ष्मण पलिखेलको आवाज, राजेश हाडाको संगीत र दयाराम गिरि, अमन सागरको शब्द रहेको छ। उक्त भिडियोमा गायक पलिखेल र मोडल रन्जना सितिखुको अभिनय रहेको छ भने निभा प्रजापतिको निर्माणमा सो भिडियो बनेको हो।

उक्त म्युजिक भिडियो “दियौ माया” हाडा ब्रदर्शको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिकीकरण कार्यक्रममा हाडा ब्रदर्शका प्रमुख एवं वरिष्ठ गायक रवि हाडाको सभाअधक्ष्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न