हाडा ब्रदर्शको प्रस्तुतिमा गायक लक्ष्मण पलिखेलको “दियौ माया” को म्युजिक भिडियो सार्वजनिक

हाडा ब्रदर्शको प्रस्तुतिमा गायक लक्ष्मण पलिखेलको “दियौ माया” को म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

भक्तपुर, भदौ ३ । शनिबार भक्तपुरमा लोकप्रिय गायक लक्ष्मण पलिखेलको “दियौ माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भक्तपुरको होटल भ्युमा आयोजित सो समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न सो सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ नृत्य निर्देशक श्री हरि श्रेष्ठ, वरिष्ठ भक्ति संगीत साधक एवं गायिका सानु बहिनि पलिखेल, हाडा ब्रदर्शका संरक्षक देवरत्न हाडा, टेलिफिल्म निर्देशक आर्यम नकर्मी लगायतका व्यक्तित्वले सो समारोहमा आतिथ्यता ग्रहण गरेका थिए।

हाडा ब्रदर्शको प्रस्तुतिमा सार्वजनिक भएको सो म्युजिक भिडियोमा गायक लक्ष्मण पलिखेलको आवाज, राजेश हाडाको संगीत र दयाराम गिरि, अमन सागरको शब्द रहेको छ। उक्त भिडियोमा गायक पलिखेल र मोडल रन्जना सितिखुको अभिनय रहेको छ भने निभा प्रजापतिको निर्माणमा सो भिडियो बनेको हो।

उक्त म्युजिक भिडियो “दियौ माया” हाडा ब्रदर्शको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिकीकरण कार्यक्रममा हाडा ब्रदर्शका प्रमुख एवं वरिष्ठ गायक रवि हाडाको सभाअधक्ष्यता रहेको थियो।

Published Date: 20 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग