आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री

आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री : Icon Khabar

काठमाडौँ, भदौ २ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (आइतबार) संसदको अवरोध हट्ने बताएका छन् । आज (शनिबार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि आफू निरन्तर लागिरहेको बताए ।

उनले आज (शनिबार) पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताएका छन् । हङकङबाट भित्रिएको सुन तस्करी प्रकरण उच्चस्तरीय संसदीय छानविन समितिमार्फत हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको दुबै दिन लामो समयदेखि अवरुद्ध पार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू