आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री

आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री : Icon Khabar

काठमाडौँ, भदौ २ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (आइतबार) संसदको अवरोध हट्ने बताएका छन् । आज (शनिबार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि आफू निरन्तर लागिरहेको बताए ।

उनले आज (शनिबार) पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताएका छन् । हङकङबाट भित्रिएको सुन तस्करी प्रकरण उच्चस्तरीय संसदीय छानविन समितिमार्फत हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको दुबै दिन लामो समयदेखि अवरुद्ध पार्दै आएको छ ।

Published Date: 19 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न