अल नासरको लगातार हार

अल नासरको लगातार हार : Icon Khabar

काठमाडौँ, भदौ २ । साउदी क्लब अल नासरले रोशन प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । शुक्रबार भएको लिगको दोस्रो खेलमा अल नासरले अल ताउनसँग २-० को हार बेहोरेको हो । आक्रमणमा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो माने उत्रिएपनि अल नासरले लिगको दोस्रो खेलमा गोल गर्न सकेन ।

गत साता अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको अल नासर पहिलो खेलमा पनि पराजित भएको थियो । अल इतिफाकविरुद्ध साडियो माने ले अग्रता दिलाएपनि क्लब २-१ ले हार्न पुगेको थियो ।

शुक्रबारको खेलका सबै मुख्य खेलाडी ९० मिनेट मैदानमा रहेपनि अल नासरले जित हासिल गर्न सकेन । अल ताउनका लागि लिआन्दर तावाम्बाले २० मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयमा सालेह बाहुस्यानले गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

अल‌ नासरले अब मंगलबार एएफसी च्याम्पियन्स लिगको प्लेअफमा यूएईको शबाब अल अह्लीको सामना गर्दैछ । उक्त खेल जित्ने टोली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ भने हार्ने टोलीले दोस्रो श्रेणीको एएफसी कप खेल्नेछ । –एजेन्सी

Published Date: 19 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न