अल नासरको लगातार हार

अल नासरको लगातार हार : Icon Khabar

काठमाडौँ, भदौ २ । साउदी क्लब अल नासरले रोशन प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । शुक्रबार भएको लिगको दोस्रो खेलमा अल नासरले अल ताउनसँग २-० को हार बेहोरेको हो । आक्रमणमा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो माने उत्रिएपनि अल नासरले लिगको दोस्रो खेलमा गोल गर्न सकेन ।

गत साता अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको अल नासर पहिलो खेलमा पनि पराजित भएको थियो । अल इतिफाकविरुद्ध साडियो माने ले अग्रता दिलाएपनि क्लब २-१ ले हार्न पुगेको थियो ।

शुक्रबारको खेलका सबै मुख्य खेलाडी ९० मिनेट मैदानमा रहेपनि अल नासरले जित हासिल गर्न सकेन । अल ताउनका लागि लिआन्दर तावाम्बाले २० मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयमा सालेह बाहुस्यानले गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

अल‌ नासरले अब मंगलबार एएफसी च्याम्पियन्स लिगको प्लेअफमा यूएईको शबाब अल अह्लीको सामना गर्दैछ । उक्त खेल जित्ने टोली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ भने हार्ने टोलीले दोस्रो श्रेणीको एएफसी कप खेल्नेछ । –एजेन्सी

Published Date: 19 August 2023




















ताजा
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक