सशस्त्र प्रहरीको तेस्रो ब्याचका उपरीक्षक सुमन थपलियाको हृदयाघातका कारण निधन

सशस्त्र प्रहरीको तेस्रो ब्याचका उपरीक्षक सुमन थपलियाको हृदयाघातका कारण निधन : Icon Khabar

पर्सा, भदौ २ । पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।

साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।

लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् ।

चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 19 August 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित