अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय

अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय : Icon Khabar

काठमाडौं, भदौ १ । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ। यही साउन १ गतेदेखि लागू हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय निर्धारण गरेको हो।

यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ तोकिएको छ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले निर्धारण गरेको पारिश्रमिक राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो।

वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महंगी भत्ता रहेको छ। यस्तै, प्रतिघण्टा रु ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको छ।

चिया बगानका श्रमिकका हकमा आठ हजार नौ सय ३४ आधारभूत र रु चार हजार नौ सय ५९ महंगी भत्ता गरेर मासिक रु १३ हजार आठ सय ९३ न्यूनतम पारिश्रमिक तोकिएको हो।

चिया बगानका श्रमिकलाई आधारभूत र महंगी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ। यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ निर्धारण गरिएको छ।

उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन-२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ।

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका