इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा

इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा : Icon Khabar

काठमाडौं, साउन ३१ । आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा बुधबार भएको खेलमा इङ्गल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।

जितसंगै इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा इङ्गल्यान्डले स्पेनको सामना गर्नेछ । स्पेनले स्विडेनलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

अस्ट्रेलियाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको इङ्गल्यान्डले ३६औँ मिनेटमा टुनको गोलमार्फत अग्रता लिएको थियो ।

त्यसपछि ६३औँ मिनेटमा अस्ट्रेलियाकी केरले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । ७१औँ मिनेटमा हेम्पले गोल गर्दै इङ्गल्यान्डलाई पुनः अगाडि बढाए । ८६औँ मिनेटमा रुसोले गोल गर्दै इङ्गल्यान्डलाई सजिलै फाइनलमा प्रवेश गएको थियो ।

स्पेन र इङ्गल्यान्डबीचको फाइनल खेल आइतबार हुनेछ । सेमिफाइनलमा पराजित अष्ट्रेलिया र स्विडेनबीच शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 August 2023
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने