इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा

इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा : Icon Khabar

काठमाडौं, साउन ३१ । आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा बुधबार भएको खेलमा इङ्गल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।

जितसंगै इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा इङ्गल्यान्डले स्पेनको सामना गर्नेछ । स्पेनले स्विडेनलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

अस्ट्रेलियाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको इङ्गल्यान्डले ३६औँ मिनेटमा टुनको गोलमार्फत अग्रता लिएको थियो ।

त्यसपछि ६३औँ मिनेटमा अस्ट्रेलियाकी केरले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । ७१औँ मिनेटमा हेम्पले गोल गर्दै इङ्गल्यान्डलाई पुनः अगाडि बढाए । ८६औँ मिनेटमा रुसोले गोल गर्दै इङ्गल्यान्डलाई सजिलै फाइनलमा प्रवेश गएको थियो ।

स्पेन र इङ्गल्यान्डबीचको फाइनल खेल आइतबार हुनेछ । सेमिफाइनलमा पराजित अष्ट्रेलिया र स्विडेनबीच शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

Published Date: 16 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी