युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा राम्रो भविष्य हुन्छ : अर्थमन्त्री

युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा राम्रो भविष्य हुन्छ : अर्थमन्त्री : Icon Khabar

काठमाडौं, साउन ३१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा राम्रो भविष्य रहेको बताएको छ । उनले नेपाल विकास क्रममै रहेकाले धेरै काम गर्न बाँकी रहेको समेत बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको ‘उद्दमशील युवा सृजनशील युवा’ बिषयक अन्तकृयामा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले कार्यक्रममा भने , ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहियो ।’ विदेश जाने बित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाह छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्न अर्थमन्त्रीले जोड दिए ।

Published Date: 16 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी