एभरेष्ट बैंकले फोनपे सँगको सहकार्यमा सुरु गर्यो “FoneTAG” नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

एभरेष्ट बैंकले फोनपे सँगको सहकार्यमा सुरु गर्यो “FoneTAG” नामक अफलाइन डिजिटल पेमेन्ट सेवा : Icon Khabar

काठमाडौं, साउन २८ । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे सँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट, “FoneTAG’ ल्याएको छ ।FoneTAG एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटाप्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट “NFC ट्याग” वा “CPQR” कोड (ग्राहकले प्रस्तुत गर्ने QR कोड) प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउँछ ।

अफलाइन कारोबारको सीमा रु. ५००० प्रति कारोबार रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन् । हाल, यो सेवा एन. एफ. सी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । एन. एफ. सी नभएका मोबाइल फोनमा ग्राहकहरुले CPQR कोड (ग्राहकले प्रस्तुत गर्ने QR कोड) प्रयोग गर्न सक्छन्।

एभरेष्ट बैंक, अफलाइन मोडमा डिजिटल भुक्तानी समाधान सुरु गर्ने पहिलो बैंक हो। यस सेवाले कमजोर नेटवर्क जडान भएका स-साना शहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढावा दिन सक्छ । साथ साथैयस सेवाले विभिन्न शहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रमहरू, मेलाहरू रप्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई पनि भुक्तानी गर्न मदत गर्छ ।

यस प्रति खुशी व्यक्त गर्दै एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भने, “यस सेवा मार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ । हाम्रो बैंकिङ प्रणालिमा FoneTag को एकीकरणले हाम्रा ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानीको अनुभव अँगाल्न सशक्त बनाउँछ, जसले प्राविधिक विकासहरूमा सदैब अगाडी रहन एभरेष्ट बैंकको समर्पणलाई जोड दिन्छ। हामी Fonepay सँग यो यात्रा सुरु गर्न, नेपालमा बैंकिङको सेवाहरुलाई सहज बनाउन र सुरक्षित कारोबारको नयाँ युग ल्याउन पाउँदा धेरै उत्साहित छौं।”

यस सहकार्यमा उत्तिकै खुसी भएका फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाको अनुसार “Fonepayआफ्नो अफलाइन डिजिटल पेमेन्ट, FoneTAG सुचारु गर्न पाउँदा गर्व गर्दछ। नेपालमा अफलाइन पेमेन्टको परिचय दिन Fonepayसँग सहकार्य गरेको मा एभरेष्ट बैंकलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं। यो सहयोगले साझा दृष्टिकोणको उदाहरण दिन्छ, र हामी सामूहिक रूपमा नगदरहित भविष्यलाई आकार दिन तत्पर छौं जसले राष्ट्रभरका व्यक्ति र व्यवसायहरूलाई फाइदा पुर्याउँछ।”

FoneTAG को सुरुवात सँंगै ग्राहकहरूले अब विभिन्न मर्चेन्ट आउटलेटहरूमा FoneTAG द्वारा भुक्तानी गर्दा २०% क्यासब्याक (Cashback), रु ५०० सम्म पाउन सक्नेछन्।ग्राहक र व्यापारीहरूले यस सेवाको विस्तृत बुझाइको लागि एभरेष्ट बैंकमा सम्पर्क गरी सबै सान्दर्भिक जानकारीहरू प्राप्त गर्न र यस अत्याधुनिक अफलाइन भुक्तानी सेवाको फाइदाहरूको बारेमा बुझ्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2023
Website | + posts