पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको तयारी

पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको तयारी : Icon Khabar

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाले वर्षायामभर पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने तयारी गरेको छ ।

आइतबार बसेको अनुगमन समितिको बैठकमा यस विषयमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । पानीपुरी, चाटपाटे जस्ता खानेकुराबाट हैजाजस्ता रोग तीव्र गतिमा सर्ने भएकाले कामपाले निश्चित अवधिका लागि बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेको उनले बताए ।

‘प्लास्टिकको कन्टेनरमा दूध बिक्री गर्ने र रबर ब्याण्डले सुरक्षित गर्ने चलन नियमविपरीत भएकोले तत्काल बन्द गरिनुपर्छ’, अधिकारीले भने ।

उपमेयर सुनिता डंगोलले वर्षायाममा पानीजन्य रोग फैलिन नदिन अनुगमनलाई थप कडाइ गरिने बताइन् । महानगरले तत्कालै बजारको गतिविधि अनुगमन गर्न टोली खटाउने उनले बताइन् । चेतावनी दिएर पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाही भोग्नुपर्ने उनले बताइन् ।

त्यसैगरी कामनपाले चुरे, फुटेका र भाँचिएका पानीका भाँडोमा पानी बिक्री नगर्ने मापदण्ड विपरीत पानीका जार जफत गरी नष्ट गर्ने अभियानलाई निरन्तरता दिने भएको छ ।

Published Date: 13 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न