पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको तयारी

पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको तयारी : Icon Khabar

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाले वर्षायामभर पानीपुरी, चाटपाटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने तयारी गरेको छ ।

आइतबार बसेको अनुगमन समितिको बैठकमा यस विषयमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । पानीपुरी, चाटपाटे जस्ता खानेकुराबाट हैजाजस्ता रोग तीव्र गतिमा सर्ने भएकाले कामपाले निश्चित अवधिका लागि बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेको उनले बताए ।

‘प्लास्टिकको कन्टेनरमा दूध बिक्री गर्ने र रबर ब्याण्डले सुरक्षित गर्ने चलन नियमविपरीत भएकोले तत्काल बन्द गरिनुपर्छ’, अधिकारीले भने ।

उपमेयर सुनिता डंगोलले वर्षायाममा पानीजन्य रोग फैलिन नदिन अनुगमनलाई थप कडाइ गरिने बताइन् । महानगरले तत्कालै बजारको गतिविधि अनुगमन गर्न टोली खटाउने उनले बताइन् । चेतावनी दिएर पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाही भोग्नुपर्ने उनले बताइन् ।

त्यसैगरी कामनपाले चुरे, फुटेका र भाँचिएका पानीका भाँडोमा पानी बिक्री नगर्ने मापदण्ड विपरीत पानीका जार जफत गरी नष्ट गर्ने अभियानलाई निरन्तरता दिने भएको छ ।

Published Date: 13 August 2023




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक