चीनबाट नेपाल प्रहरीलाई २१ थान ड्रोन सहयोग आउँदै

चीनबाट नेपाल प्रहरीलाई २१ थान ड्रोन सहयोग आउँदै : Icon Khabar

काठमाडौँ, साउन २५ । चीनबाट २१ थान ड्रोन लिने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले रिमाेट्ली पाइलटेड एयरक्राफ्ट (ड्राेन) लिने प्रस्ताव स्वीकृत गरेकाे ​सरकारकी प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको सार्वजनिक सुरक्षा विभागले सेक्युरिटी इक्विपमेन्ट अन्डर ग्रान्ट एसिस्टेन्स प्राेग्राम अन्तर्गत ड्राेन उपलब्ध गराउने छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले सीमा निगरानी, ​​खोज तथा उद्धार र विपद् उद्धारलगायत विभिन्न काममा ड्रोनको प्रयोग गर्ने बताइएकाे छ ।

“पब्लिक सेक्युरिटी डिपार्टमेन्ट अफ अटोनोमस रिजन अफ चाइनाले गृह मन्त्रालयलाई प्रदान गर्ने सेक्युरिटी इक्विपमेन्ट अन्डर ग्रान्ट एसिस्टेन्ट अन्तर्गत प्राप्त हुने वस्तुगत सहायता २१ थान रिमोट्ली पाइलटेड एयरक्राफ्ट (ड्रोन) दिने भन्ने रहेछ,” बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, “त्यो हामीले स्वीकार गर्ने निर्णय गरेका छौं ।”

Published Date: 10 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु