भिभो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक

भिभो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौँ, साउन २५ । नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले आफ्नो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक गरेको छ । हेर्नमा आकर्षक देखिने ‘वाई २७’ माेडेलको फोन कम्पनीले हालै नेपाली उपभाेक्ताका लागि भित्र्याएको हो । आकर्षक डिजाइन र शक्तिशाली पफर्मेन्सको साथ आएको यो वाई २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डुअल रिङ डिजाइन र दुई दशमलव पाँच डी फ्ल्याट फ्रेम रहेको यो फोन अरू स्मार्टफोन मोडलभन्दा अलग देखिन्छ ।

४४ वाटको फ्ल्याश चार्जिङ सपोर्ट गर्ने फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । नाइट टाइम चार्जिङ प्रोटेक्सन फिचर भएको फोनमा डुअल रिङ डिजाइन र २.५ डी फ्ल्याट फ्रेम रहेको छ ।

फोनमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज दिइएकाे छ । साथै थप ६ जीबी भर्चुअल र्‍याम थप्न सकिने सुविधा छ । यसले गर्दा फोनमा मल्टी टास्क गर्दा समस्या नहुने कम्पनीले उल्लेख गरेकाे छ ।

धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष उपयोगी हुने कम्पनीकाे भनाइ छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे अल्ट्रा क्लियर र २ मेगापिक्चरको डुअल क्यामरा दिइएको छ । ​सेल्फी क्यामेरा भने ८ मेगापिक्सेलकाे रहेको छ ।

नेपाली बजारमा फाेनको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Published Date: 10 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी