भिभो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक

भिभो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौँ, साउन २५ । नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले आफ्नो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक गरेको छ । हेर्नमा आकर्षक देखिने ‘वाई २७’ माेडेलको फोन कम्पनीले हालै नेपाली उपभाेक्ताका लागि भित्र्याएको हो । आकर्षक डिजाइन र शक्तिशाली पफर्मेन्सको साथ आएको यो वाई २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डुअल रिङ डिजाइन र दुई दशमलव पाँच डी फ्ल्याट फ्रेम रहेको यो फोन अरू स्मार्टफोन मोडलभन्दा अलग देखिन्छ ।

४४ वाटको फ्ल्याश चार्जिङ सपोर्ट गर्ने फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । नाइट टाइम चार्जिङ प्रोटेक्सन फिचर भएको फोनमा डुअल रिङ डिजाइन र २.५ डी फ्ल्याट फ्रेम रहेको छ ।

फोनमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज दिइएकाे छ । साथै थप ६ जीबी भर्चुअल र्‍याम थप्न सकिने सुविधा छ । यसले गर्दा फोनमा मल्टी टास्क गर्दा समस्या नहुने कम्पनीले उल्लेख गरेकाे छ ।

धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष उपयोगी हुने कम्पनीकाे भनाइ छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे अल्ट्रा क्लियर र २ मेगापिक्चरको डुअल क्यामरा दिइएको छ । ​सेल्फी क्यामेरा भने ८ मेगापिक्सेलकाे रहेको छ ।

नेपाली बजारमा फाेनको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट