नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएपछि भन्यो यी नम्बरका रिचार्ज कार्ड खरिद नगर्नु होला

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएपछि भन्यो यी नम्बरका रिचार्ज कार्ड खरिद नगर्नु होला : Icon Khabar

काठमाडौं, साउन २४ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ । टेलिकमले आज सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको छ ।

तसर्थ, टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न नेपाल टेलिकमले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts