प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने : Icon Khabar

काठमाडौं, साउन २४ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।

बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताए।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरू पनि उठेर विरोध जनाएका थिए । सभामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरू नबसेपछि अवरोधकै बिचमा सांसद थापाले आफ्नो भनाइ टुङ्ग्याएका थिए। लगत्तै एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

Published Date: 09 August 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता