गर्भावस्थामा निकै खतरापूर्ण हुन्छ डेंगू संक्रमण

गर्भावस्थामा निकै खतरापूर्ण हुन्छ डेंगू संक्रमण : Icon Khabar

काठमाडौं, साउन २४ । अहिले देशैभरी डेंगूका विरामीको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू फैलिनबाट रोक्नका लागि विभिन्न उपाय अपनाउन आग्रहसमेत गरिरहेको छ ।

अहिले नेपालमा आठ हजारभन्दा बढी डेंगू संक्रमित रहेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । त्यसैले लामखुट्टेको टोकाइबाट हुने यो रोग निवारण सम्बन्धि कुरामा ध्यान दिन अति नै आवश्यक छ ।

विशेष गरेर गर्भवती महिलाले डेगू संक्रमणबाट बच्नु आवश्यक छ । गर्भवती महिलामा डेंगू संक्रमण हुँदा यसले गर्भमा रहेको शिशुलाई समेत खतरा हुन्छ ।

गर्भवती महिलालाई डेंगू संक्रमण भयो भने समयभन्दा अगाडि बच्चा जन्मने र भ्रूणको मृत्यु पनि हुन सक्ने खतरा रहन्छ ।

वर्षायाममा उत्पन्न हुने डेंगूमा ज्वरो आउने, हड्डि अत्यधिक दुख्ने, वाक– वाक लाग्ने, वान्ता हुने आदि जस्ता लक्षण देखिन्छ । गर्भवतीले लामखुट्टेको टोकाईबाट बच्न अति आवश्यक छ । जसका लागि पुरा बाहुला भएको लुगा लगाउनु पर्छ भने झुल हालेर सुत्नु पर्छ ।

गर्भवती महिलामा डेंगूको खतरा अत्यधिक किन हुन्छ ?

गर्भवती अवस्थामा गर्भमा रहेको भ्रूणलाई सपोर्ट गर्नका लागि प्रतिरोधक क्षमता परिवर्तन हुन्छ, जसले गर्भवती महिला डेंगू जस्तो संक्रमणप्रति अत्यधिक संवेदनशील हुन्छन् । यसबाहेक गर्भावस्थाको क्रममा हार्मोनल परिवर्तनले पनि संक्रमित हुने विरामीको गम्भीरतालाई प्रभावित गर्छ ।

त्यस्तै गर्भावस्थाको क्रममा डेंगू संक्रमणबाट आमा र बच्चा दुवैका लागि समस्या उत्पन्न गर्छ । जसले समय अगाडि जन्म, जन्मिएको समयमा कम वजन र भ्रूणको मृत्युसमेत हुन सक्छ ।

डेंगूका लक्षण

१. उच्च ज्वरो

२. गम्भीर रुपमा टाउको दुख्नु

३. जोर्नी र मांसपेशिको दुखाई

४. शरीर चिलाएर दाना निस्कनु आदि ।

यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई जँचाउनु पर्छ ।

Published Date: 09 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी