गर्भावस्थामा निकै खतरापूर्ण हुन्छ डेंगू संक्रमण

गर्भावस्थामा निकै खतरापूर्ण हुन्छ डेंगू संक्रमण : Icon Khabar

काठमाडौं, साउन २४ । अहिले देशैभरी डेंगूका विरामीको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू फैलिनबाट रोक्नका लागि विभिन्न उपाय अपनाउन आग्रहसमेत गरिरहेको छ ।

अहिले नेपालमा आठ हजारभन्दा बढी डेंगू संक्रमित रहेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । त्यसैले लामखुट्टेको टोकाइबाट हुने यो रोग निवारण सम्बन्धि कुरामा ध्यान दिन अति नै आवश्यक छ ।

विशेष गरेर गर्भवती महिलाले डेगू संक्रमणबाट बच्नु आवश्यक छ । गर्भवती महिलामा डेंगू संक्रमण हुँदा यसले गर्भमा रहेको शिशुलाई समेत खतरा हुन्छ ।

गर्भवती महिलालाई डेंगू संक्रमण भयो भने समयभन्दा अगाडि बच्चा जन्मने र भ्रूणको मृत्यु पनि हुन सक्ने खतरा रहन्छ ।

वर्षायाममा उत्पन्न हुने डेंगूमा ज्वरो आउने, हड्डि अत्यधिक दुख्ने, वाक– वाक लाग्ने, वान्ता हुने आदि जस्ता लक्षण देखिन्छ । गर्भवतीले लामखुट्टेको टोकाईबाट बच्न अति आवश्यक छ । जसका लागि पुरा बाहुला भएको लुगा लगाउनु पर्छ भने झुल हालेर सुत्नु पर्छ ।

गर्भवती महिलामा डेंगूको खतरा अत्यधिक किन हुन्छ ?

गर्भवती अवस्थामा गर्भमा रहेको भ्रूणलाई सपोर्ट गर्नका लागि प्रतिरोधक क्षमता परिवर्तन हुन्छ, जसले गर्भवती महिला डेंगू जस्तो संक्रमणप्रति अत्यधिक संवेदनशील हुन्छन् । यसबाहेक गर्भावस्थाको क्रममा हार्मोनल परिवर्तनले पनि संक्रमित हुने विरामीको गम्भीरतालाई प्रभावित गर्छ ।

त्यस्तै गर्भावस्थाको क्रममा डेंगू संक्रमणबाट आमा र बच्चा दुवैका लागि समस्या उत्पन्न गर्छ । जसले समय अगाडि जन्म, जन्मिएको समयमा कम वजन र भ्रूणको मृत्युसमेत हुन सक्छ ।

डेंगूका लक्षण

१. उच्च ज्वरो

२. गम्भीर रुपमा टाउको दुख्नु

३. जोर्नी र मांसपेशिको दुखाई

४. शरीर चिलाएर दाना निस्कनु आदि ।

यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई जँचाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने