काठमाडौँ, साउन २४ । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अंकल’, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।
यस वर्ष उपत्यका बाहिर पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुनेछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
सधैं झैं यस पटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण हुने बताइएको छ । अहिले ७ एपिसोडमा प्रसारण हुने ‘डिजिटल गाईजात्रा’ अको पोस्ट प्रोडक्सन सकेर कलाकारहरू रङ्गमञ्चमा हुने ‘८० सालको गाईजात्रा’ को तयारीमा व्यस्त छन् ।
Published Date: 09 August 2023