कमलादीस्थित प्रज्ञाभवनमा भदौ १३ गतेदेखि १८ गतेसम्म २०८० सालको गाईजात्रा हुने

कमलादीस्थित प्रज्ञाभवनमा भदौ १३ गतेदेखि १८ गतेसम्म २०८० सालको गाईजात्रा हुने : Icon Khabar

काठमाडौँ, साउन २४ । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अंकल’, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

यस वर्ष उपत्यका बाहिर पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुनेछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

सधैं झैं यस पटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण हुने बताइएको छ । अहिले ७ एपिसोडमा प्रसारण हुने ‘डिजिटल गाईजात्रा’ अको पोस्ट प्रोडक्सन सकेर कलाकारहरू रङ्गमञ्चमा हुने ‘८० सालको गाईजात्रा’ को तयारीमा व्यस्त छन् ।

Published Date: 09 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी