रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना : Icon Khabar

घोराही, साउन २३ । रोल्पामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले बस सडकबाट करिब १०० मिटर तल खसेको जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएको भन्ने खबर भए पनि कति भन्ने अझै नखुल्न सकेको छैन ।

उनका अनुसार दुर्घटनामा परेकाहरुको उद्धार गरेर अहिले अस्पताल लग्ने काम भइरहेको छ । उद्धारको कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयहरु खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

Published Date: 08 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग