रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना : Icon Khabar

घोराही, साउन २३ । रोल्पामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले बस सडकबाट करिब १०० मिटर तल खसेको जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएको भन्ने खबर भए पनि कति भन्ने अझै नखुल्न सकेको छैन ।

उनका अनुसार दुर्घटनामा परेकाहरुको उद्धार गरेर अहिले अस्पताल लग्ने काम भइरहेको छ । उद्धारको कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयहरु खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू