संसदमा अवरोध हटेको खण्डमा संसदीय समितिको अध्यक्ष चयन गर्ने तयारी हुने

संसदमा अवरोध हटेको खण्डमा संसदीय समितिको अध्यक्ष चयन गर्ने तयारी हुने : Icon Khabar

काठमाडौं, साउन २३ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि संसदीय समितिका सभापति चयनको तयारी भइरहेको छ । सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसले चार समिति, एमाले तीन समिति र माओवादी केन्द्रले दुई समितिको अध्यक्षता गर्ने सहमति भएको थियो । त्यसैगरी जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनता पार्टीले एक–एक समितिको अध्यक्षता गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक समिति अध्यक्ष दावी गरे पनि संसदीय समितिको अध्यक्षता पाएका छैनन् ।

प्रारम्भिक सहमतिअनुसार कांग्रेसले अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायी व्यवस्थापन समिति र संयुक्त समितिको अध्यक्षता गर्ने सहमति भएको छ ।

त्यसैगरी एमालेले राज्य निर्देशन प्रमुख, संयुक्त समिति, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिअन्तर्गतको नियम तथा दायित्व समितिको अध्यक्षता गर्ने सहमति भएको छ ।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको अध्यक्षता नेकपा (माओवादी केन्द्र)ले गर्ने सहमति भएको छ ।

विदेश सम्बन्ध तथा पर्यटन समितिको अध्यक्षता जनता समाजवादी पार्टी (जसपा)ले गर्नेछ ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ भएसँगै समितिमा रहेका सदस्यको नाम परिवर्तन र संसदीय समितिको अध्यक्षको निर्वाचनको मिति तय गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट