संसदमा अवरोध हटेको खण्डमा संसदीय समितिको अध्यक्ष चयन गर्ने तयारी हुने

संसदमा अवरोध हटेको खण्डमा संसदीय समितिको अध्यक्ष चयन गर्ने तयारी हुने : Icon Khabar

काठमाडौं, साउन २३ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि संसदीय समितिका सभापति चयनको तयारी भइरहेको छ । सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसले चार समिति, एमाले तीन समिति र माओवादी केन्द्रले दुई समितिको अध्यक्षता गर्ने सहमति भएको थियो । त्यसैगरी जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनता पार्टीले एक–एक समितिको अध्यक्षता गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक समिति अध्यक्ष दावी गरे पनि संसदीय समितिको अध्यक्षता पाएका छैनन् ।

प्रारम्भिक सहमतिअनुसार कांग्रेसले अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायी व्यवस्थापन समिति र संयुक्त समितिको अध्यक्षता गर्ने सहमति भएको छ ।

त्यसैगरी एमालेले राज्य निर्देशन प्रमुख, संयुक्त समिति, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिअन्तर्गतको नियम तथा दायित्व समितिको अध्यक्षता गर्ने सहमति भएको छ ।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको अध्यक्षता नेकपा (माओवादी केन्द्र)ले गर्ने सहमति भएको छ ।

विदेश सम्बन्ध तथा पर्यटन समितिको अध्यक्षता जनता समाजवादी पार्टी (जसपा)ले गर्नेछ ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ भएसँगै समितिमा रहेका सदस्यको नाम परिवर्तन र संसदीय समितिको अध्यक्षको निर्वाचनको मिति तय गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

Published Date: 08 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड