आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २२ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज प्रतितोला छापावाल सुनको मूल्य एक लाख १२ हजार चार सय रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य सोमबार प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ । हिजो प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य शुक्रबार, शनिबार, आइतबार र सोमबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 07 August 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग