भक्तपुर नगरपालिका वडा नं २ मा विश्व स्तनपान सप्ताह सम्पन्न

भक्तपुर नगरपालिका वडा नं २ मा विश्व स्तनपान सप्ताह सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २१ । भक्तपुर नगरपालिका वडा नं २ स्वास्थ्य उपसमितिको आयोजनामा स्थानीय वडाका गर्भवटी महिलाहरु र सुत्केरी महिलाहरुको सहभागितामा विश्व स्तनपान सप्ताह २०८० कार्यक्रम सम्पन्न भयो ।

स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिवद्धता भन्ने नाराका साथ अगस्त १ देखी ७ सम्म मनाइने छ । भक्तपुर नगरपालिकाले नगरपालिकाका सबै वडाका महिलाहरुलाई स्तनपान सम्बन्धी जनचेतना जगाउने अभियानका रुपमा संचालन गरिरहेको जनाएको छ ।

कार्यक्रममा स्वास्थय उपसमितिका संयोजक मन्जु लाखाजुले स्तनपान बच्चाको लागि अमृत समान हो , स्वास्थ रहन बालबालिकाहरुका लागि आमाको दुध नै सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले विगतको स्तनपान विधि, तरिका र शैलीमा अहिले फरक भएको बताउदैँ पछिल्लो समयमा अप्राकृतिक रुपमा शिशुलाई दुध खुवाउने चलन बढ्दै गएको र त्यसलाई न्यूनीकरण गर्न हरेक स्थानिय तहमा जनचेताना मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

उनले अहिले नेपाल सरकारले शिशुको स्तनपानका लगि सबै सरकारी देखि सार्वजनिक स्थलमा स्तनपान निति ल्याएको तर व्यवहारमा लागु गर्न नसकेको कुरा बताए ।

कार्यक्रममा स्तनपान शिशुको लागि अमृत समान भन्ने भाव अनुसार स्तनपान सम्बन्धी प्रस्तुती दिएको थियो । साथै वडा नर्स रजनी जरेजुले सहभागीहरुको जिज्ञासाहरु समेत प्रकाश पारेको थियो ।

Published Date: 06 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी