भक्तपुर नगरपालिका वडा नं २ मा विश्व स्तनपान सप्ताह सम्पन्न

भक्तपुर नगरपालिका वडा नं २ मा विश्व स्तनपान सप्ताह सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २१ । भक्तपुर नगरपालिका वडा नं २ स्वास्थ्य उपसमितिको आयोजनामा स्थानीय वडाका गर्भवटी महिलाहरु र सुत्केरी महिलाहरुको सहभागितामा विश्व स्तनपान सप्ताह २०८० कार्यक्रम सम्पन्न भयो ।

स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिवद्धता भन्ने नाराका साथ अगस्त १ देखी ७ सम्म मनाइने छ । भक्तपुर नगरपालिकाले नगरपालिकाका सबै वडाका महिलाहरुलाई स्तनपान सम्बन्धी जनचेतना जगाउने अभियानका रुपमा संचालन गरिरहेको जनाएको छ ।

कार्यक्रममा स्वास्थय उपसमितिका संयोजक मन्जु लाखाजुले स्तनपान बच्चाको लागि अमृत समान हो , स्वास्थ रहन बालबालिकाहरुका लागि आमाको दुध नै सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले विगतको स्तनपान विधि, तरिका र शैलीमा अहिले फरक भएको बताउदैँ पछिल्लो समयमा अप्राकृतिक रुपमा शिशुलाई दुध खुवाउने चलन बढ्दै गएको र त्यसलाई न्यूनीकरण गर्न हरेक स्थानिय तहमा जनचेताना मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

उनले अहिले नेपाल सरकारले शिशुको स्तनपानका लगि सबै सरकारी देखि सार्वजनिक स्थलमा स्तनपान निति ल्याएको तर व्यवहारमा लागु गर्न नसकेको कुरा बताए ।

कार्यक्रममा स्तनपान शिशुको लागि अमृत समान भन्ने भाव अनुसार स्तनपान सम्बन्धी प्रस्तुती दिएको थियो । साथै वडा नर्स रजनी जरेजुले सहभागीहरुको जिज्ञासाहरु समेत प्रकाश पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने