भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको वार्षिक समिक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको वार्षिक समिक्षा सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २१ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वार्षिक समिक्षा तथा आ.ब.२०८०/८१ को बजेट कार्यक्रम होटल भादगाँउमा शनिवार सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, संचालकहरुले पैंसा चलाउने र बचतकर्ताहरुलाई बचत फिर्ता दिन नसक्ने तीन किसिमको समस्याहरु आएको बताए ।उनले सहकारी विभागबाट जारी सूचना, सहकारी सुधार सुझावकार्य दलले पेश गरेको अल्पकालीन तथा दिर्घकालिन उपायहरुको चर्चा समेत गरेका थिए । उनले समिक्षागर्दा आफ्नो कमजोर सुधार गर्ने मौका पाउँछ र असल बाटो देखाउँछ भएकोले समीक्षागर्दै जानुपर्ने बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष हरि बल्लले विषम परिस्थितीमा पनि संघको वासलात बढ्नु नै सदस्यलार्इ विश्वास जित्न सफल भएको बताए । उनले संघको मात्र समीक्षा नगरी अभियानको शुद्धिकरणको लागी समग्र अभियानमा संघको भुमिकाको विषयमा समेत छलफल गर्नुपर्ने बताए ।

संघका सचिव जगनाथ प्रजापतिले संघले आ.ब.२०७९।८० मा तय गरेका कार्यक्रमको समीक्षागत प्रगति प्रतिवेदन पेश गरेका थिए । संघले तय गरेका अधिकाशं कार्यक्रमहरु पुरा भएको तर सदस्यता बृद्धि, ऋण लगानी बृद्धि र अग्रिम व्याजकर दाखिला कम गर्ने लक्ष्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको बताए । उनले जथाभावी सदस्यता वितरण र ऋण लगानीले संघको जोखिम बढाउने भएकोले संघले सदस्यता बृद्धि र ऋण लगानीमा विशेष ध्यान दिएको समेत प्रस्त पारेका थिए ।

संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७९।८० मा गतको कुल वासलातमा ३१ प्रतिशत र अनुमानमा ११९ प्रतिशतले बृद्धि भई २ अर्व २२ करोडको वासलात निर्माण गर्न सफल भएको समीक्षागत आर्थिक प्रगति प्रतिवेदन पेश गरियो । उनले आ.व.२०७९।८० मा संघले रु.३ करोड ४३ लाखको नाफा गर्न सफल भएको बताए ।

कार्यक्रममा संघका व्यवस्थापक बालकृष्ण घोजुले आ.व.२०८०।८१ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले कुल वासलात २ अर्व ४५ करोड र नाफामा ३ करोड ९० लाखको नाफा प्रक्षेपण गरिएकोे बजेट पेश गरे । साथै संघ र सदस्य संस्थाको संस्थागत विकासका लागि तालिम तथा कार्यक्रम अन्र्तगत २८ लाख १३ हजारको प्रस्तावित कार्यक्रममा समेत छलफल गरियो ।कार्यक्रमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट