पर्यटन प्रवर्द्वनका लागि भक्तपुरमा आगामी शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुँदै

'भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं"

पर्यटन प्रवर्द्वनका लागि भक्तपुरमा आगामी शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुँदै : Icon Khabar

भक्तपुर, साउन १८ । आन्तरिक र बाह्य पर्यटकहरूको प्रवर्द्वनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ। यहि साउन २० गते नगरपालिकाले सो पदयात्रा आयोजना गर्न लागेको हो ।

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाहय पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्वेश्यले पर्यटन प्रवर्द्वनको लागि सांस्कृतिक सम्पदा पदयात्रा गर्न लागेको नगरपालिका श्रोतले बताएको छ।

‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं” भन्ने मूल उद्घोषमा सो दिन मध्यान्ह १२:०० बजे भक्तपुर कमलविनायक स्थित लामग पुखुमा भेला हुनेछ। त्यहाँबाट नगाँचा – रवंग पुखु – क्वाठडौ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिक्लां – नाग पुख – दुगुमला – भोलाछें पुखु – अचा पुखु -ब्यासी पुखु – ख्यो पुखु (ध्वाहिटी पुखु) – कालदह पुखु – नः पुखु – तः पुखु (सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन हुनेछ।

उक्त पदयात्रामा विभिन्न सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्न ठाउँ-ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत हुने जनाएको छ।

 

Published Date: 03 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी