पर्यटन प्रवर्द्वनका लागि भक्तपुरमा आगामी शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुँदै

'भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं"

पर्यटन प्रवर्द्वनका लागि भक्तपुरमा आगामी शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुँदै : Icon Khabar

भक्तपुर, साउन १८ । आन्तरिक र बाह्य पर्यटकहरूको प्रवर्द्वनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ। यहि साउन २० गते नगरपालिकाले सो पदयात्रा आयोजना गर्न लागेको हो ।

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाहय पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्वेश्यले पर्यटन प्रवर्द्वनको लागि सांस्कृतिक सम्पदा पदयात्रा गर्न लागेको नगरपालिका श्रोतले बताएको छ।

‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं” भन्ने मूल उद्घोषमा सो दिन मध्यान्ह १२:०० बजे भक्तपुर कमलविनायक स्थित लामग पुखुमा भेला हुनेछ। त्यहाँबाट नगाँचा – रवंग पुखु – क्वाठडौ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिक्लां – नाग पुख – दुगुमला – भोलाछें पुखु – अचा पुखु -ब्यासी पुखु – ख्यो पुखु (ध्वाहिटी पुखु) – कालदह पुखु – नः पुखु – तः पुखु (सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन हुनेछ।

उक्त पदयात्रामा विभिन्न सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्न ठाउँ-ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत हुने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts