आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, साउन १८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणकाे लागि निष्काशन गरेकाे र संस्थापकहरूले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले आइएलआई कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एनआरएम कारोबार संकेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)