आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, साउन १८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणकाे लागि निष्काशन गरेकाे र संस्थापकहरूले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले आइएलआई कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एनआरएम कारोबार संकेत प्रदान गरेको छ ।

Published Date: 03 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग