कोरियामा पानीजहाज कम्पनीमा कामदार पठाउन खुल्यो आवेदन

कोरियामा पानीजहाज कम्पनीमा कामदार पठाउन खुल्यो आवेदन : Icon Khabar

काठमाडौं, साउन १४ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानीजहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ ।

परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ । भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्ने छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू ईपीएस प्रणालीमार्फत् दक्षिण कोरिया गइरहेका छन् ।

Published Date: 30 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग