समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ: अर्थमन्त्री डा. महत

समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ: अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौँ, साउन ११ । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएको छ । आज विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।

“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”,उनले भने । सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएको थियो ।

“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”,उनले भने , “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।” मन्त्री डा. महतले भने ‘कार्गोलगायत भन्सारका सबैतिर अवलोकन ग-यौं, कसरी चलेको छ, सिस्टमका बारेमा बुझ्यौं । अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विभिन्न निकायले काम गरिरहेको छ । यसमा आ–आफ्नो जिम्मेवारी छ ।’

मन्त्री डा. महतले भने ‘राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना पनि छ । नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गरेको छ । सबैको समन्वयकारी भूमिका हुनु अनिवार्य छ । एकअर्कालाई सहयोग गर्नुपर्छ, त्यो भयो भने मात्र गैरकानुनी गतिविधि कम भएर जान्छ ।’
अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो ।

उनले अहिले असाधारण गतिविधि भइरहेको छ, अनुसन्धानमा जोडिएका साथीहरुले यसबारे निगरानी गर्नुपर्छ । यही निगरानीका आधारमा सूचना आदान–प्रदान गर्नुपर्छ । यदि यसो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिको प्रयास विफल हुने बताए ।
सुन तस्करीको घटनामा पनि सुचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भने, ‘सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन ।’

भन्सारसँग जोडिएका साथीहरु उच्च सर्तकताका साथ समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेतृत्वमा नयाँ साथीहरु आउनु भएको छ, उहाँहरुलाई चाहिने प्रविधि अपग्रेट गर्नका लागि अर्थ मन्त्रालय पूरा सहयोग गर्न चाहन्छ ।’

Published Date: 27 July 2023
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?