नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि टे्रकिङ गाईड तालीम सम्पन्न

पर्यटन क्षेत्रमा कामको अवसर सुजना हुने मन्त्री किराँतीको धारणा

नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि टे्रकिङ गाईड तालीम सम्पन्न : Icon Khabar

काठमाडौँ, साउन ११ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यौनिक तथा लैङिक अल्पसंख्यकहरु (एलजिविटिआइक्यूपल्स) का लागि आयोजित टे्रकिङ गाइड तालीम सम्पन्न भएको छ ।

नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरिएको तालिममा २५ जना यौनिक तथा लैङिक अल्पसंख्यकहरुको सहभागिता रहको थियो भने तालीम ३५ दिनसम्म संचालन गरिएको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि संचालित यो कार्यक्रम आफैमा ठूलो सन्देश भएको बताए । समाजमा हरेक खालका मानिसहरुका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्रि किराँतीले यो तालिमले (एलजिविटिआइक्यूपल्स) समुहका सदस्हरुलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘ यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ । यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तरराष्ट्रिय क्षेत्रबाट पनि (एलजिविटिआइक्यूपल्स) समुहका सदस्हरुलाई नेपाल आउन सहयोग पुग्ने छ । उनले भने ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले अल्पसंख्यकहरुलाई समाजको मुल प्रवाहमा ल्याउन अझै पनि ठलो चुनौती रहेको अवस्थामा या तालीमले सो समुहको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेको (एलजिविटिआइक्यूपल्स) समुहका सदस्यहरुलाई नेपालमा आर्कषित गर्न पनि यो तालीम कोशेढ्ङा सावित हुने बताए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालीमले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेषा गरिएको बताए । तालिममा सहभागी शुलभ मोक्तानले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरेको तालीमले आफुहरुमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको समेत बताए ।

Published Date: 27 July 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता