बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ११ । बिहीबार नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ।

आज २७१ स्टकको ४४ हजार ६७२ पटकको कारोबारमा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज साढे १० करोडको शेयर कारोबार भएको छ। त्यस्तै, आज हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यसैगरी, आज वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विका सबैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 27 July 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी