बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ११ । बिहीबार नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ।

आज २७१ स्टकको ४४ हजार ६७२ पटकको कारोबारमा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज साढे १० करोडको शेयर कारोबार भएको छ। त्यस्तै, आज हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यसैगरी, आज वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विका सबैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts