पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको विशाल लक्ष्य

पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको  विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, साउन ७  ।  मध्यक्रमका ब्याटर तयाब ताहिरको सानदार शतकमा पाकिस्तान ए ले एसिसी इमर्जिङ कपको फाइनलमा भारत ए लाई ३ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनायो ।

पाकिस्तानको सिनियर टोलीबाट खेलि सकेका तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । २९ वर्षीय तयाबले ६६ बलमा लिष्ट ए करिअरको चौथो शतक प्रहार गरेका थिए । उनले पाकिस्तानको सिनियर टोलीबाट तीन टि२० आई खेल खेलेका छन् ।

पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले ड्रिम सुरुवात दिलाएका थिए । ओपनर अयुब र फहरानले १७.२ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

स्पिनर मानव सुथारको बलमा अयुब एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट क्याच आउट भए । अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए ।

मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए । मध्यक्रमका ब्याटर ठूलो सटको चक्करमा आउट भए ।

तर छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए । भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु