पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको विशाल लक्ष्य

पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको  विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, साउन ७  ।  मध्यक्रमका ब्याटर तयाब ताहिरको सानदार शतकमा पाकिस्तान ए ले एसिसी इमर्जिङ कपको फाइनलमा भारत ए लाई ३ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनायो ।

पाकिस्तानको सिनियर टोलीबाट खेलि सकेका तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । २९ वर्षीय तयाबले ६६ बलमा लिष्ट ए करिअरको चौथो शतक प्रहार गरेका थिए । उनले पाकिस्तानको सिनियर टोलीबाट तीन टि२० आई खेल खेलेका छन् ।

पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले ड्रिम सुरुवात दिलाएका थिए । ओपनर अयुब र फहरानले १७.२ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

स्पिनर मानव सुथारको बलमा अयुब एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट क्याच आउट भए । अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए ।

मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए । मध्यक्रमका ब्याटर ठूलो सटको चक्करमा आउट भए ।

तर छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए । भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए ।

Published Date: 23 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु