मदरल्याण्ड स्कूल अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ मार्फत सम्मानित

मदरल्याण्ड स्कूल अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ मार्फत सम्मानित : Icon Khabar

भक्तपुर, साउन ४ । मदरल्याण्ड स्कूल, सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड’ प्राप्त गरेको हो ।

एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२३, सिङ्गापुर र मलेसियामा उक्त अवार्ड प्रदान गरिएको हो । मदरल्याण्ड स्कुलले शैक्षिक गुणस्तर तथा सामाजिक क्षेत्रामा पनि योगदान दिएकोमा अब शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गर्न उत्प्रेरित गर्दै अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा मदरल्याण्ड सहित नेपालका ३३ वटा विद्यालयलाई विविध विधामा अवार्ड प्रदान गरिएको थियो ।

शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न मुख्य अवार्ड कार्यक्रममा मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गरेका थिए।

अवार्ड प्राप्त गरेपछि मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले यो अवार्डले थप जिम्मेबारी प्राप्त गरेको धारणा राखे । यसले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै प्रिन्सिपल खड्काले मदरल्याण्ड स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौति थपिएको बताए।

Published Date: 20 July 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु