मदरल्याण्ड स्कूल अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ मार्फत सम्मानित

मदरल्याण्ड स्कूल अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ मार्फत सम्मानित : Icon Khabar

भक्तपुर, साउन ४ । मदरल्याण्ड स्कूल, सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड’ प्राप्त गरेको हो ।

एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२३, सिङ्गापुर र मलेसियामा उक्त अवार्ड प्रदान गरिएको हो । मदरल्याण्ड स्कुलले शैक्षिक गुणस्तर तथा सामाजिक क्षेत्रामा पनि योगदान दिएकोमा अब शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गर्न उत्प्रेरित गर्दै अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा मदरल्याण्ड सहित नेपालका ३३ वटा विद्यालयलाई विविध विधामा अवार्ड प्रदान गरिएको थियो ।

शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न मुख्य अवार्ड कार्यक्रममा मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गरेका थिए।

अवार्ड प्राप्त गरेपछि मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले यो अवार्डले थप जिम्मेबारी प्राप्त गरेको धारणा राखे । यसले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै प्रिन्सिपल खड्काले मदरल्याण्ड स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौति थपिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने