सुन प्रकरण: भन्सार विभागले बनायो छानबिन समिति, संलग्न कर्मचारीलाई निलम्बन गरिने

सुन प्रकरण: भन्सार विभागले बनायो छानबिन समिति, संलग्न कर्मचारीलाई निलम्बन गरिने : Icon Khabar

काठमाडौँ, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिणामको सुन जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

विभागले निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो । सो समितिले भन्सार जाँचपासमा भएको संलग्नताबारे छानबिन गर्ने छ ।

छानबिन समितिसँगै भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन समेत गरेको छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

विभागका अनुसार हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। हालसम्म यो काण्डमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts