सुन प्रकरण: भन्सार विभागले बनायो छानबिन समिति, संलग्न कर्मचारीलाई निलम्बन गरिने

सुन प्रकरण: भन्सार विभागले बनायो छानबिन समिति, संलग्न कर्मचारीलाई निलम्बन गरिने : Icon Khabar

काठमाडौँ, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिणामको सुन जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

विभागले निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो । सो समितिले भन्सार जाँचपासमा भएको संलग्नताबारे छानबिन गर्ने छ ।

छानबिन समितिसँगै भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन समेत गरेको छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

विभागका अनुसार हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। हालसम्म यो काण्डमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Published Date: 20 July 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु