सुनको मूल्य निरन्तर उकालो लाग्दै, आजको मूल्य कति हो ?

सुनको मूल्य निरन्तर उकालो लाग्दै, आजको मूल्य कति हो ? : Icon Khabar

काठमाडौं, साउन ४ । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ९५ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार चाँदीको भाउ १४ सय ९० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 20 July 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग