भीम आदर्शमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता

भीम आदर्शमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता : Icon Khabar

भक्तपुर,  असार ३० । २१० औं भानु जयन्तिको अवसरमा शक्रबार भीम आदर्शमा विद्यालयका प्रअ दीपक माकको सभापतित्वमा कविता प्रतियोगिता सम्पन्न भयो ।

कार्यक्रममा प्रअ माकले विद्यार्थी धेरै मानिसको अगाडि आएर बोल्न सक्नु नै पहिलो जीत हो भन्दै समाजको हितको लागि घाँसीले बनाएको कुवाबाट प्रभावित भएर भानुभक्तले समाजको उत्थानको लागि साहित्य सृजना गरेको बताए ।

उनले विद्यार्थीहरूको प्रतिभा प्रफुस्टनको लागि विद्यालयको वार्षिक कार्य तालिका अनुसार सो कार्यक्रम भएको बताउँदै उत्कृष्ट कविता बाचन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

शिक्षक पूजा दाहालले कविता बाचन गर्दै संचालन गरेको सो प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा २ देखि ७ सम्मका १५ जना विद्यार्थीहरुले विभिन्न साहित्यकारको कविता बाचन गरेका थिए ।

उक्त प्रतियोगितामा कक्षा २ का प्रशान्त तामाङ, ३ का निङ्बर तामाङ,कक्षा ४ का सन्जय बस्नेत एवम् कक्षा ५ का दीपशिखा तामाङ सान्त्वना तथा कक्षा ६ का मनिषा सिन्चाैरी, खुसी तामाङ तथा दीपिका गुप्ता क्रमशः तृतीय, द्वितीय तथा प्रथम भएका थिए

Published Date: 15 July 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता