सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य : Icon Khabar

काठमाडौं, असार २९ । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपालको उत्कृष्ट इनिङ्स बावजुत नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।

सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष गरिरहेको थियो ।

सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाए ।

१५.४ ओभरमै नेपाल ७२-८ को नाजुक अवस्थामा पुगेको थियो । तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे ।

दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे । सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।

गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने