सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य : Icon Khabar

काठमाडौं, असार २९ । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपालको उत्कृष्ट इनिङ्स बावजुत नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।

सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष गरिरहेको थियो ।

सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाए ।

१५.४ ओभरमै नेपाल ७२-८ को नाजुक अवस्थामा पुगेको थियो । तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे ।

दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे । सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।

गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

Published Date: 14 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु