अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे, आजैबाट उच्चस्तरीय भेटघाट

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे, आजैबाट उच्चस्तरीय भेटघाट : Icon Khabar

काठमाडौं, असार २९ । दक्षिण तथा मध्य एशियाको जिम्मेवारी पाएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । सहायक विदेशमन्त्री लु शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसहित नागरिक समाज तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तिसँग पनि भेटवार्ता गर्नेछन् ।

यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो दिन बिहीबार मात्रै लुको भ्रमणका विषयमा औपचारिक जानकारी दिएको थियो ।
अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने समेत दूतावासले जनाएको छ ।

लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website |  + posts






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न