पाकिस्तानको गति सामु नेपालको शीर्षक्रम धरासयी

सुरुवाती १० ओभरमै नेपालका ६ ब्याटर आउट

पाकिस्तानको गति सामु नेपालको शीर्षक्रम धरासयी : Icon Khabar

काठमाडौं, असार २९ । पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गति सामु निरिह बन्दा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सुरुवाती १० ओभरमै ६ विकेट गुमाएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।

नेपालका कुशल मल्ल र गुलशन झा क्रिजमा छन् । तीव्र गतिका बलर शाहबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गरे ।

पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् । दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर क्याच आउट हुन पुगे ।

आसिफले १२ बलमा ३ चौका प्रहार गरे । पहिलो ओभरमै आसिफले पाकिस्तानका जुनियरलाई तीन चौका हानेका थिए ।जुनियरको पाँचौं ओभरको पाँचौं बलमा रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भए । रोहितले ४ बलमा १ चौकासहित ४ रन बनाए ।

जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भए । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।
दाहानीले १० ओभरमा २ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका छन् । जुनियरले ४ ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिएका छन् । दाहानी र जुनियर दुबै पाकिस्तानको टोलीबाट खेल्दै आएका छन् । नियमित पाकिस्तानको टोलीमा रहेपनि कम मौका पाउदै आएका छन् ।

शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह मध्य कुनै खेलाडी खेल्न नसक्ने भएमा त्यसपछि जुनियर र दाहानी खेल्ने गर्दछन् । सिनियर टोलीबाट खेलेका तीव्र गतिका बलर जुनियरलाई नेपालले पहिलो ओभरमै तीन चौका हानेपनि त्यसपछि भने लगातार विकेट गुमाएको छ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

Published Date: 14 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु