बुधबार नेप्से परिसूचक २५.३१ अंक बढेर २०९७.५५ विन्दुमा

बुधबार नेप्से परिसूचक २५.३१ अंक बढेर २०९७.५५ विन्दुमा : Icon Khabar

काठमाडौँ, असार २७ । बुधबार नेप्से परिसूचक २५.३१ अंक बढेर २०९७.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८९ स्टकको ५९ हजार ५३९ पटकको कारोबारमा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार कारोबारमा आएका ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिवश्री हाइड्रोपावर, सिवाईसी लघुवित्त, रिभरफल्स पावर, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, शुभम पावर र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सो बाहेक अन्य ३ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको रावा इनर्जी डेभलपमेन्टको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2023
Website | + posts