मलेसियालाई हराउँदै एसीसी यू–१६ क्रिकेटमा नेपालको उपाधिमा ‘ह्याट्रिक’

मलेसियालाई हराउँदै एसीसी यू–१६ क्रिकेटमा नेपालको उपाधिमा ‘ह्याट्रिक’ : Icon Khabar

काठमाडौं, असार १९ । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको हो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।

यस प्रतियोगिता २०१९ पछि पहिलो पटक भएको हो । २०२० को अन्तिमबाट संसारभरबाट कोरोना महामारी फैलिएपछि एसिसीले उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकेको थिएन । कोरोना महामारी अन्त्य भएपछि उमेर समूह प्रतियोगिता आयोजना गरेको छ ।

यू१६ इस्ट जोनको उपाधि जिताउन नेपालका शीर्षक्रमका ब्याटर नरेन भट्टले १ सय १२ रनको अविजित शतकीय इनिङ खेले । कप्तान तथा तीव्र गतिका बलर अभिषेक तिवारीले पाँच विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु