मलेसियालाई हराउँदै एसीसी यू–१६ क्रिकेटमा नेपालको उपाधिमा ‘ह्याट्रिक’

मलेसियालाई हराउँदै एसीसी यू–१६ क्रिकेटमा नेपालको उपाधिमा ‘ह्याट्रिक’ : Icon Khabar

काठमाडौं, असार १९ । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको हो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।

यस प्रतियोगिता २०१९ पछि पहिलो पटक भएको हो । २०२० को अन्तिमबाट संसारभरबाट कोरोना महामारी फैलिएपछि एसिसीले उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकेको थिएन । कोरोना महामारी अन्त्य भएपछि उमेर समूह प्रतियोगिता आयोजना गरेको छ ।

यू१६ इस्ट जोनको उपाधि जिताउन नेपालका शीर्षक्रमका ब्याटर नरेन भट्टले १ सय १२ रनको अविजित शतकीय इनिङ खेले । कप्तान तथा तीव्र गतिका बलर अभिषेक तिवारीले पाँच विकेट लिए ।

Published Date: 04 July 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न