नेपालले आज युएईसँग खेल्दै

नेपालले आज युएईसँग खेल्दै : Icon Khabar

काठमाडौं, असार १७ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ । तर लगातार नेपालसँगको हारले टोलीमा व्यापक परिवर्तन गरेको युएईलाई विदेशी भूमिमा हराउन यो पटक सहज हुने छैन ।

युएईले अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको थियो । पछिल्लो समय युएई नेपालसँग लगातार पराजित हुँदै आएको छ । त्यसैको कारण टोलीमा युवा खेलाडीलाई बढी महत्व दिँदै विश्वकप छनोट खेल्न पुगेको थियो ।

युएईको टोली फेरिएको छ । युएईको टोलीमा १७ वर्षीय युवा ब्याटर एथान डि सोल्झा, अली नासिर, अर्यांश शर्मा, तीव्र गतिका बलर मोहम्मद जवादुल्लाह र सन्चित शर्मा जस्ता खेलाडी छन् ।

यी युवा खेलाडीले नेपाललाई निराश बनाउन सक्छन् । युवा तीव्र गतिका बलिङ अलराउन्डर अली नासिरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नासिरले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिजविरुद्ध डेब्यूको सुरुवाती दुई खेलमा अर्धशतक प्रहार गरेका थिए ।

हेड टु हेड :

नेपाल र युएईबीच कुल १४ खेल भएको छ । जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

Published Date: 02 July 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली