फ्रेट सांगीतिक समूहको पहिलो एल्बम ‘मोक्ष’ सार्वजनिक

फ्रेट सांगीतिक समूहको पहिलो एल्बम ‘मोक्ष’ सार्वजनिक : Icon Khabar

भक्तपुर, असार १२ । लोकप्रिय वाद्यवादकहरुको समूह फ्रेटले आज अनलाइन संगीत स्ट्रिमिङ एप नूडल रेक्स मार्फत आफ्नो पहिलो एल्बम ‘मोक्ष’ रिलिज गरेको छ।

फ्रेट सांगीतिक समूहले संगीतका नयाँ रूपहरू सिर्जना गर्दै, पूर्वी शास्त्रीय, पश्चिमी संगीत र सारंगी, बाँसुरी र नेवारी ढोलको माध्यमबाट परम्परागत र जातीय सङ्गीतलाई मिसाएर विकसित तरिकाले फ्युजन गीत संगीत प्रस्तुत गर्दै आएको छ।

यस समूह अन्तर्गत तीन जना कलाकारहरु छन् जो विभिन्न संगीत पृष्ठभूमिलाई प्रतिनिधित्व गर्दै आएका छन्। तीन जनाकै सांगीतिक सिर्जनशिलतालाई एकसाथ मिलाएर विश्व स्तरिय संगीतलाई सिर्जना गर्दै अघि बढ्ने प्रयासमा रहेका छन्।

एल्बममा एक व्यक्तिको कथा छ जुन बाल्यकालबाट सुरु हुन्छ र मोक्षमा समाप्त हुन्छ, मूल रूपमा, एक जीवन कथा । सार्वजनिक भएको एल्बममा आठ वटा ट्र्याकहरू समावेश छन् जुन अब नूडल रेक्स एपमा उपलब्ध भएको जनाइएको छ ।

फ्रेट समूहले विभिन्न सांगीतिक महोत्सव तथा परोपकारी कार्यक्रमहरुमा सक्रिय रुपमा प्रस्तुति दिइरहेका छन् । सो समूहले ‘एन एम्बियन्स अफ भक्तपुर’ नामक पहल पनि सुरु गरेको छ भने फ्रेट म्युजिक स्कुलको पनि घोषणा गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
0
Published Date: 27 June 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने