६ जिल्लाका सात स्थानलाई औद्योगिकग्राम घोषणा गर्ने सरकारको निर्णय

६ जिल्लाका सात स्थानलाई औद्योगिकग्राम घोषणा गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौं, असार १२ । सरकारले विभिन्न ६ वटा जिल्लाका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न जिल्लाका सात क्षेत्रलाई औद्योगिकग्राम घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्री शर्माले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको बताए ।

Published Date: 27 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग