गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न : Icon Khabar

पोखरा, असार १२ । गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता–२०८० मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा ७० केजी भन्दा माथिको प्रतिस्पर्धामा पुरुषतर्फ सागर नेपाली बिजयी भए । उनले सुदर्शन गुरुङलाई पराजित गरे । त्यस्तै ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गर्दा ५९ केजी तौलमा तेन्जी रब्सनले डेनियल गुरुङलाई पराजित गरे । त्यस्तै पुरुष ५४ केजी तौलमा दिपेश गुरुङले अनिश मगरलाई पराजित गरे भने महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुले जनही रु नगद १० हजार र उपविजेता खेलाडीहरुले जनही नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य–सचिव श्रीधर शर्मा, नेपाल मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपती, संघका केन्द्रिय उपाध्यक्ष दिपकबहादुर गोदार, सिनियर मुवाँथाई खेलाडी सुवास खड्का, खेल पत्रकार केशव पाठकलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा मुवाँथाई सिनियर रेफ्री भुपेश शाक्यले जुरीको भूमिका निर्वाह गरेका थिए भने मुख्य रेफ्रिमा सञ्जय राई रहेका थिए । त्यस्तै अन्य रेफ्रिहरुमा सरोज पौडेल, दिल तामाङ, सतिश लिम्वु, जिवन गुरुङ, उत्तम गुरुङ र विकास गुरुङ रहेका थिए ।

यस अघि मुवाँथाई खेलको रेफ्रिहरुलाई दुई दिने प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा २० जना भन्दा बढिले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न