नेपाल औषधि व्यवसायी संघ, भक्तपुरको जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, भक्तपुरको जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, असार १२ । नेपाल औषधि व्यवसायी संघको ५०औ स्थापना दिवसको अवसरमा जिल्ला शाखा भक्तपुरले मंगलबार द्योमा जगत बृद्वाआश्रम बोडेमा आश्रित जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा आश्रमका उपाध्यक्ष सुर्य मान साहुखल ,कोषाध्यक्ष र मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले आश्रमको योजनाका बारेमा प्रकाश पार्दै आफ्नो मन्तव्य ब्यक्त गरेका थिए।

संघका अध्यक्ष नारायण प्रसाद भुसालले औषधि व्यवसायी संघको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा संघका महासचिव बिनोद सापकोटा, कार्य समिति सदस्य सन्चर सिंह तामाङ र कोषाध्यक्ष दीपा बस्नेत ,सल्लाहकार श्याम श्रेष्ठ , सदस्य मुरारी नेपाल सहित अन्य सामाजिक तथा जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री द्योमा गणेश जगत बृद्वाआश्रमलाई नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा भक्तपुरको तर्फबाट नगद रू दश हजार सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रमको संचालन संघका सल्लाहकार तथा गायक कपिल कसपालले गरेका थिए।

Published Date: 27 June 2023
ताजा
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता