मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १२ । मंगलबार नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ विन्दुमा पुगेको छ।

आज २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ३३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी, अन्य १० स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज ३७ स्टकको मूल्य घटेको छ। यद्यपि, स्टकहरुको मूल्य गिरावट दर भने कम रहेको छ। आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३.८८ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2023
Website | + posts


ताजा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
मंहगो भाडा लिने २७८ जना राइडहरहरु ट्राफिक प्रहरीको कारबाहीमा
सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग