मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १२ । मंगलबार नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ विन्दुमा पुगेको छ।

आज २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ३३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी, अन्य १० स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज ३७ स्टकको मूल्य घटेको छ। यद्यपि, स्टकहरुको मूल्य गिरावट दर भने कम रहेको छ। आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३.८८ प्रतिशत घटेको छ।

Published Date: 27 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग