छैटौं राष्ट्रिय स्केटबोर्ड सुरु

छैटौं राष्ट्रिय स्केटबोर्ड सुरु : Icon Khabar

काठमाडौं, असार ८ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट फाइलन चरणका लागि पुरुष/महिलामा समान १०–१० खेलाडी छनोट भएको आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् । फाइनल प्रतिस्पर्धा शनिबार हुनेछ । फाइनल भने रविभवनस्थित नाथम कलेजमा हुनेछ ।

फ्रिस्टायल बेस्ट रन स्पर्धा भइरहेको प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी छन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने