ओलम्पिक दिवसको अवसरमा विविध कार्यक्रम 

ओलम्पिक दिवसको अवसरमा विविध कार्यक्रम  : Icon Khabar

काठमाडौं, असार ८ । ओलम्पिक दिवसको अवसरमा शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरियो ।

बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान पनि गरिएको थियो ।

त्यसअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए भने उपाध्यक्ष ज्योति राणाले ओलम्पिक झण्डा झण्डोतोलन गरेकी थिइन् ।

त्यसअघि ओलम्पिक दिवसकै अवसरमा एनओसीको तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसन, एनओसीको सक्रियतामा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवस सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

Published Date: 23 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु