ओलम्पिक दिवसको अवसरमा विविध कार्यक्रम 

ओलम्पिक दिवसको अवसरमा विविध कार्यक्रम  : Icon Khabar

काठमाडौं, असार ८ । ओलम्पिक दिवसको अवसरमा शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरियो ।

बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान पनि गरिएको थियो ।

त्यसअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए भने उपाध्यक्ष ज्योति राणाले ओलम्पिक झण्डा झण्डोतोलन गरेकी थिइन् ।

त्यसअघि ओलम्पिक दिवसकै अवसरमा एनओसीको तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसन, एनओसीको सक्रियतामा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवस सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने